• शनिबार, साउन ९ २०८३

नवलपरासीको देवचुलीमा बाेलेराे जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु


आइतबार, कार्तिक २६ २०८०
1.6K
Shares

काठमाडौं । पूर्वी नवलपरासीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना गम्भीर घाइते बताइएकाे छ ।

मृत्यु हुनेमा तीन जना महिला र तीन जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।

बुलिङटारबाट कावासोतीका लागि हिंडेको लु २ ज ३२७० नम्बरको जिप  देवचुली नगरपालिका-९ स्थित एसमोडमा आइतबार दुर्घटना भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार