• आइतबार, साउन १० २०८३

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले गरे आत्महत्या


आइतबार, जेष्ठ ३२ २०७७
1.3K
Shares

काठमाडौं । बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन्।

मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आत्महत्याको पुष्टि प्रहरीले गरिसके पनि कारण खुलेको छैन ।

राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिक एमएस धोनीः द अनटोल्ड स्टोरीबाट चर्चा पाएका थिए । राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए।

टेलिभिजनबाट आफ्नो करिअर सुरु गरेका सुशान्त पछिल्लो समय बलिउडका चर्चित नायक थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार