काठमाडौंको गौशालास्थित पशुपति धर्मशालाको कोठामा एक व्यक्ति मृत फेला परेका छन्।
सर्लाहीको कविलासी नगरपालिका–४ घर भएका ३४ वर्षीय पोनेलाल राय शनिबार मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार उनी कतारबाट केही समय अघि नेपाल फर्किएका थिए। नेपाल फर्किएपछि राय धर्मशालामा कोठा लिएर बसेको खुलेको छ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।