• आइतबार, साउन १० २०८३

जिप दुर्घटनामा परी प्रतापपुर गाउँपालिकाका अध्यक्षको मृत्यु


आइतबार, जेष्ठ ३२ २०७७
885
Shares

काठमाडौं । जिप दुर्घटनामा परी पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ ।

गाउँपालिका कार्यालयबाट जिल्ला विपद् व्यस्थापन समितिको बैठकमा सहभागी हुन जाने क्रमममा जिप दुर्घटना हुँदा उनको मृत्यु भएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले जानकारी दिए ।

लु १ झ ३७० नम्बरको जिप बर्दघाटको लक्ष्मीनगर पुलदेखि तल खोलामा खसेर दुर्घटना भएको उनले बताए । दुर्घटनामा घाइते भएका शर्मालाई उपचारका लागि चिसापानी अस्पतालमा लगिए पनि अस्पतालले उनको मृत्यु भएको घोषणा गरेको प्रजिअ पाठकले बताए ।

शर्मासँगै जिपमा सवार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाइते भएका छन् । उनी खतरामुक्त रहेको प्रजिअ पाठकले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार