• शनिबार, साउन ९ २०८३

अरुको हत्या पश्चात रुन थालेपछि गाउँलेले थाहा पाउने डरले आठ महिने बालकको हत्या


शनिबार, कार्तिक २५ २०८०
1K
Shares

काठमाडौँ । मुगुको छायाँनाथ रारा नगरपालिकामा एकै परिवारका चार जनाको सामूहिक हत्या प्रकरणका आरोपितले आठ  महिने बच्चा रुन थालेकापछि बालकको समेत हत्या गर्नुपरेको प्रहरी संगको बयानमा बताएका छन् ।

प्रहरी नियन्त्रणमा रहेका आरोपित गोपाल बोहोराले बच्चा रुन थालेकापछि गाउँलेले थाहा पाउने डरले बालकको समेत हत्या गरेको प्रारम्भिक बयान दिएका छन् ।

पूर्व योजना अनुसार गोपाल र गोर्खराज कात्तिक ८ गते राती साँझ साढे ८ बजे मृतकको घरमा पुगी सामान्य बातचित समेत भएको खेलेको छ । गोपालले मृतकलाई दिदी, दिदी भनी बोलाएपछि मृतकले ढोका खोलेकी र मृतकको खाना खाए नखाएको बारेमा समेत सोधेको समेत खुलेको छ ।

केही समय कुराकानी गरेपछि आरोपितहरुले धारिलो हतियार प्रहार गरी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोरा ११ वर्षीय मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहरको हत्या गरेका थिए ।

हत्यापछि उनीहरूले शवहरु घरभित्रै छोडी मृतकले लगाएको गहना लुटी ढोकामा ताला लगाई त्याहाबाट भागेका थिए । गोर्खबहादुर भने सुर्खेत गएर लुकेर बसे भने गोपाल बोहोरा त्यसपछि पनि गाउँमै बसेका थिए ।

प्रहरीले गोर्खराज शाहीले लुकाइछिपाइ राखेको नगद रु १ लाख ७९ हजार, राहदानी र मुगुबाट फिर्ता गएको बसको टिकट फेला पारेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार