• शनिबार, साउन ९ २०८३

डा‍.ओममूर्ति अनिलद्वारा स्वास्थ्य जनचेतनामा दुइवटा विश्व रेकर्ड कायम


शुक्रबार, कार्तिक २४ २०८०
1.3K
Shares

काठमाडौँ । डाक्टर ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन् । मुटुरोग विशेषज्ञ रहेका उनले विश्व मुटु दिवसको अवसर पारेर गत असोज १२ गते आफ्नो फेसबुक पेजबाट मुटुरोग सम्बन्धी जनचेतनामूलक प्रत्यक्ष प्रसारणमा सबैधन्दा बढी दर्शकले सहभागि भएको विश्व रेकर्ड कायम गरेका हुन् ।

आज काठमाण्डौंमा पत्रकार सम्मेलन आयोजना गरेर उनले फेसबुक लाएभ मार्फत ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने शीर्षकमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेको जानकारी दिए ।

गत असोज १२ गते साँझ ७ः१५ देखि आधा घन्टा लामो उक्त लाइभमा ११ हजार दुई सय १२ जनाले एकैपटक प्रत्यक्ष प्रसारण हेरेका थिए भने नौ हजार जनाले शेयर गरेका थिए । त्यस्तै उनको उक्त लाइभमा २० हजार लाइक र १८ हजार कमेन्ट प्राप्त भएका थिए । सुरुवात देखि प्रत्यक्ष प्रसारण सम्पन्न हुँदासम्म एक लाख ५० जनाले हेरेका थिए ।

प्रत्यक्ष प्रसारणपछि ‘गिनिज वल्र्ड रेकर्ड’का सम्पूर्ण मापदण्ड पूरा गरी डा.ओममूर्ति अनिलले विश्व रेकर्ड कायम भएको दाबी पेश गरेपछि “गिनिज बुक अफ वल्र्ड रेकर्डको टिमले भेरिफाइ गरेर प्रमाणपत्र प्रदान गरेको हो ।

त्यस्तै उनले अर्को  विधामा पनि विश्व रेकर्ड बनाएका छन् । सन् २०१३- १४ मा इमेज एफएम १०३ दशमलब ६ मेघाहर्जमा मुटुरोग र यसबाट बच्न अपनाउनुपर्ने उपाय बारेमा लगातार ४४ हप्ता ४४ एपिसोडमा गेस्ट डाक्टरका रुपमा कार्यक्रममा पुगेर आफनो ज्ञान शेयर गरेका थिए । यो “The longest running Radio Interview as a guest speaker on Heart Disease Prevention”  विधामा पनि उनले विश्व रेकर्ड कायम गरेका छन् । यसमा उनलाई अन्तवार्ता लिने सञ्चारकर्मी शैलजा सिंह पनि यो विश्व रेकर्डमा समावेश छिन् ।

कीर्तिमानले अन्तर्राष्ट्रियस्तरमा स्वास्थ्य सचेतनाका लागि सामाजिक सञ्जालको भूमिका र उचित प्रयोगको बारेमा उदाहरणीय बन्ने आशा डा.ओम मुर्ती अनिलको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार