• शनिबार, साउन ९ २०८३

त्रिविको उपकुलपति सिफारिसका लागि कमिटी गठन


शुक्रबार, कार्तिक २४ २०८०
2.6K
Shares

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिसका लागि शिक्षामन्त्रीको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन भएको छ ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईका अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा. चन्द्रकला घिमिरे सदस्य रहेकोे कमिटी गठन गरेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्रिविका उपकुलपति डा.धर्मकान्त बास्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएको थियो ।

-रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार