• शनिबार, साउन ९ २०८३

मुगु सामूहिक हत्या घटनामा आफन्तकै संलग्नताकाे आशंका, एकजना पक्राउ


शुक्रबार, कार्तिक २४ २०८०
1.6K
Shares

काठमाडौँ– यही कार्तिक १० गते मुगुको छायाँनाथ रारा नगरपालिकामा भएको सामूहिक हत्या प्रकरणमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार सुर्खेतबाट पक्राउ गरेका ती व्यक्तिको बारेमा केही खुलाएको छैन ।

हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका उनी मृतक परिवारका आफन्त रहेको बुझिएको छ। प्रहरीले आज उनलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

सो घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट डीएसपी धर्मराज भण्डारी नेतृत्वको टोली आइतबार मुगु गएको थियो ।

उक्त घटनामा २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोरा ११ वर्षीय मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहरको हत्या भएको थियो । उनीहरूलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार