• शनिबार, साउन ९ २०८३

विद्युत प्राधिकरणद्वारा विभिन्न पदमा चारसय कर्मचारी माग


शुक्रबार, कार्तिक २४ २०८०
2.5K
Shares

File Photos: THT

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले विभिन्न तहमा झण्डै चारसय कर्मचारीको माग गरेको छ । प्राधिकरणले आज राष्ट्रिय दैनिक गोरखापत्रमा एक सूचना प्रकाशित गरी दसौँ तह सहनिर्देशकदेखि तेस्रो तहसम्मको प्रशासन तथा प्राविधिकतर्फका विभिन्न पदमा आवेदन मागेको हो ।

प्राधिकरणले दसौँ तहमा प्रशासनतर्फ एक सहनिर्देशक, प्राविधिकतर्फ एक प्रबन्धक, ३ जना उपप्रबन्धक, सहायक निर्देशक, सहायक प्रबन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, इन्जिनियर लगायत सहायक स्तरका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको हो।

यसैगरी प्राधिकरणले विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्री लगायतका पदका लागि पनि दरखास्त आह्वान गरेको छ। योग्यता पुगेका व्यक्तिहरूले मंसिर  १४ गतेसम्म दरखास्त दिइसक्नुपर्नेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार