• शुक्रबार, साउन ८ २०८३

इन्धनमा लगाईएकाे पूर्वाधार शुल्कबाट प्रतिलिटर ५ रुपैयाँ बुढीगण्डकी आयोजनालाई


बिहिबार, कार्तिक २३ २०८०
1.7K
Shares

काठमाडौँ । सरकारले इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर बुढीगण्डकी जलविद्युत आयोजनाका लागि उपलब्ध गराउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इन्धनमा प्रतिलिटर १० रुपैयाँ लिँदै आएको पूर्वाधार विकास करमध्ये ५ रुपैयाँ बुढीगण्डकी आयोजनाका लागि छुट्याउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सरकारले आर्थिक वर्ष २०७३/७४ बाट बुढीगण्डकी आयोजना निर्माणका लागि इन्धनमा प्रतिलिटर ५ रुपैयाँ कर लिंदै आएको थियो । तर, २०७६ फागुनदेखि भने सरकारले बुढीगण्डकीको नाममा कर संकलन गर्न छाडेको थियो । बरु त्यसको सट्टामा पूर्वाधार विकास करको नाममा प्रतिलिटर १० रुपैयाँ संकलन गर्न थालेको थियो ।

बिहीबारको मन्त्रिपरिषद बैठकले पूर्वाधार विकास करको नाममा संकलन गरेकै रकममध्ये ५ रुपैयाँ बुढीगण्डकीलाई छुट्याउने निर्णय गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार