काठमाण्डौ । बाग्मती प्रदेशका आर्थीक मामिला तथा योजना मन्त्रीले आगामि आर्थिक बर्षको बजेट कोरोना नियन्त्रणमा केन्दीत हुने बताएका छन् ।
आइतबार बाग्मती प्रदेशमा क्रियाशिल नागरिक समाजसंगको भर्चुअल बैठकका मन्त्री ढुंगेलले कोरोना महामारीबाट नागरिकको सुरक्षा आगामी आर्थिक बर्षको पहिलो प्राथमिकता रहेको बताएका हुन् ।

बाग्मती प्रदेशका नागरिक समाजसंस्थाले बजेटलाई कोरोना केन्द्रीत बजेट बनाउन सुझाब सहित ध्यानाकर्षण गराएका थिए । ध्यानाकर्षणमा कोभिड प्रतिकार्य, रोजगार प्रर्बद्धन, सुशासन र पारदर्शिता, कृषि लगायतका क्षेत्रमा प्रदेश सरकारले बजेट केन्दीत गर्न सुझाब दिएका थिए ।
नागरिक संघ संस्थाले एक घर एक पि.सी.आर टेष्ट, प्रदेशस्तरीय प्रयोगशालाको प्रभावकारी व्यवस्था, क्वारेनटाइन र आइशोलेशनहरु मापदण्ड अनुसार सुनिश्चित गर्न तथा श्रमिक, असहाय र विपन्न का लागि विशेष प्याकेज ल्याउन आग्रह गरेका थिए ।
त्यस्तै रोजगारीको श्रृजना, युवा उद्याशिलता बृद्धिका लागि कर छुट तथा सहुलियत ऋण, कृषि उत्पादनको बजार व्यवस्थापन लगायतका विषयमा सुझाब दिएका थिए । मन्त्री ढंगेलले अधिकांस विषय समेटिए पनि केहि छुटेका बिषय पुन समेट्ने प्रतिबद्धता जनाए ।
हेर्नुस नागरिक समाजले बुझाएको ध्यानाकर्षण पत्र