• शनिबार, साउन ९ २०८३

फार्मेसी सहायक पदको परीक्षामा सहभागी सबै फेल


बुधबार, कार्तिक २२ २०८०
1.3K
Shares

काठमाडौं । फार्मेसी सहायक पदका लागि लिएको परीक्षामा एक जना पनि उत्तीर्ण नभएको लोक सेवा आयोगले जनाएको छ ।

आयोगको जलेश्वर कार्यालय र पोखरा कार्यालयले लिएको लिखित परीक्षामा कोही पनि उत्तीर्ण नभएका हुन् ।

आयोगले जारी गरेको सूचनाअनुसार जलेश्वर कार्यालयमा खुलातर्फ एक जना सहायक फार्मेसी पदको विज्ञापन खुलेकोमा लिखित परीक्षामा १३ जना सहभागी भएका थिए ।

यसैगरी पोखरा कार्यालयमा महिला कोटामा १ जनाको माग भएकोमा लिखित परीक्षामा ३ जना सहभागी भएका थिए ।

तर कोही पनि उत्तीर्ण नभएको आयोगले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार