• मंगलबार, असोज १३ २०८३

पर्वतमा पहिरो : ६ जनाको मृत्यु, ३ जना अझै बेपत्ता


आइतबार, जेष्ठ ३२ २०७७
1000
Shares

पर्वत : कुश्मा नगरपालिका–३ दुर्लुङमा शनिबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ। पहिरोमा नौजना पुरिएका थिए।

आइतबार बिहानदेखि उद्धार कार्य सुरु गरेपछि थप चारजनाको शव पुरिएको अवस्थामा फेला परेको हो। शनिबार राति साढे ८ बजे गएको पहिरोमा पुरिएकामध्ये ५२ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी र नातिनी आठ वर्षीया बिबिशाको शव भने शनिवार राति नै फेला पारिएको थियो। 

बिहान ३२ वर्षीया कमला विक र ३० वर्षीय दिर्पा थापा, ५२ वर्षीय तुलबहादुर थापा र नाम नखुलेका एकजनाको शव फेला परेको प्रहरीले प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए। बेपत्ता रहेका अन्य तीनजनाको खोजी तीब्र पारिएको सुवेदीले बताए। आइतबार बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयबवासीले उद्धार सुरु गरेको छन्। 

शनिबार राति साँझ ६ बजेदेखि २ घण्टासम्म आएको भीषण वर्षापछि घरहरु रहेको ठाउँभन्दा करिब ३०० मिटरमाथिको बनक्षेत्रबाट पहिरो आएको थियो। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार