प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसले ५० लाख रुपैयाँ सहयोग जम्मा गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितको पदाधिकारीहरूको एक प्रतिनिधि मण्डलले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटेर चेक हस्तान्तरण गरेको हो।
त्यसैगरी नेकपा (एकीकृत समाजवादी)ले पनि २५ लाख रुपैयाँ सहयोग गरेको छ। पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरू सहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई बालुवाटारमा भेट गरी २५ लाखको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि हस्तान्तर गरेको थियो।