गोरखा । लिम्पियाधुरासहितका भूभाग समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न संविधान संशोधन भएको खुसीमा गाेरखा सहित गण्डकी प्रदेशभरका जिल्लामा दीप प्रज्लवन भएकाे छ ।
संविधान संसाेधन गरी नयाँ नक्सालाई निसान छापमा राख्न दुई तिहाईले सर्वसमत पास गरेकाे खुसीयालीमा गाेरखा सदरमुकामकाे हरमटारीचाेकमा दीप प्रज्वलन आयाेजना गरिएकाे हाे ।
कार्यक्रममा जिल्लामा कृयाशिल राजनीतिक दलका नेता कार्यकर्ता नागरिक समाजका साथै सर्वसाधारणकाे सहभािगता रहेकाे थियाे ।
त्यस्तै गाेरखाकै पालुङ्टार नगरपालिकाकाे ठाँटीपाेखरीमा समेत कार्यक्रम आयाेजना गरिएकाे छ । स्थानीय बाैद्ध हिमाल युवा क्लबकाे आयाेजनामा ठाँटीपाेखरी बजारमा दीपप्रज्वलन गरिएकाे क्लबका दिपककुमार श्रेष्ठले जानकारी दिए ।
यसैगरी साेही खुसीयालीमा गण्डकी प्रदेशकाे तनहुँ, कास्की, स्यांजा, बागलुङ्, लमजुङ् लगायत देशैभरका जिल्लामा समेत दिपावली गरिएकाे छ ।
संसदले शनिबार मात्र संविधान संशोधन प्रस्ताव सर्वसम्मत रुपमा पास गरेको थियो ।