• शनिबार, साउन ९ २०८३

भूकम्प पीडितकाे तथ्यांक संकलनमा लापरवाही, मृत्यु हुनेको संख्या घट्यो !


सोमबार, कार्तिक २० २०८०
1.5K
Shares

काठमाडौँ । जाजरकोट भूकम्पमा पीडित बनेकाकाे तथ्या‌ंक संकलनमा सरकारी निकायको लापरवाही देखिएकाे छ । भूकम्प प्रभावित पालिकाहरुवीच समन्वय नहुँदा पालिकाहरुले दाेहाेराे तथ्यांक संकलन गरेपछि क्षति समेत दाेहाेराे देखिएकाे पाइएकाे हाे । जसका कारण भूकम्पमा परि ज्यान गुमाएकाकाे संख्या समेत बढेकाे देखिएकाे छ ।

तर अहिले भूकम्पबाट मृत्यु हुनेहरूको संख्या घटेको छ । जाजरकाेट जिल्लामा यसअघि १०५ जनाको मृत्यु भएको भनिए पनि मृतक संख्या १०१ जना यकिन भएको छ । नलगाड नगरपालिकामा घर भएर भेरी नगरपालिका स्थित खलंगा बजारमा मृत्यु भएकाहरूको नाम दोहोरो परेको हुनाले संख्या कम भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु खलङ्गामा भएपनि नलगाड नगरपालिकाले पनि मृतकको सूचीमा उनको नाम राखेको पाइएको छ ।  चार जना मृतकको नाम दोहोरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोष रोकाले बताए ।

सरकारले यसअघि सार्वजनिक गरेको भूकम्पीडितको तथ्यांक हेरफेर गरेको हाे। जाजरकाेट र रुकुम पश्चिममा गरी मृतक संख्या १५३ रहेको सरकारको पछिल्लो विवरणमा उल्लेख छ।

यसअघि मृतक संख्या १५७ भनिएकोमा केही नाम दोहोरो परेकाले सच्याइएको सरकारको प्रष्टीकरण छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार