• शनिबार, साउन ९ २०८३

सुरु भयाे मुग्लिन–पोखरा सडकखण्डमा कालोपत्रे


सोमबार, कार्तिक २० २०८०
1.4K
Shares

af6f]sf] :t/f]Gglt ul/Fb} ;'Gb/x/}Frf, * df3 M df]/ªsf] ;'Gb/x/}Frf gu/kflnsf–& l:yt dx]G› /fhdfu{df hL0f{ ePsf] ;8sdf sfnf]kq] yk u/L af6f]sf] :t/f]Gglt ul/Fb} . tl:a/ M dl0f/fd bfxfn÷/f;;

काठमाडाैँ । मुग्लिन-पोखरा सडक खण्ड अन्तर्गत पूर्वतर्फ कालोपत्रेको काम सुरु भएको छ । डुम्रेदेखि छिर्कने भन्ज्याङसम्म पहिलो चरणमा पिच गर्न लागिएको हो । आइतबारदेखि कालोपत्रे सुरु भएको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । यहाँको ३ किलोमिटर सडक तिहार अघि नै कालोपत्रे सम्पन्न गर्ने योजना छ ।

आँबु खैरेनीदेखि पोखरासम्मको करिब ८२ किलोमिटर सडक खण्डलाई २ वटा ठेक्का लगाएर स्तरोन्नति गर्न लागिएको हो । पूर्वी खण्ड आँवुखैरेनीदेखि जामुनेसम्म छ भने दोस्रो खण्ड जामुनेदेखि पोखरासम्म छ । दोस्रो खण्डभन्दा पहिलो खण्डमा काम तीव्र रुपमा भैरहेकाे छ ।

जेठमा बरादी खण्डमा ३ किलोमिटर सडक पिच भैसकेको छ । यो आर्थिक वर्षको पहिलो पटक पिच गरिएको उनले बताए । हालसम्म ३७ प्रतिशत हाराहारी काम सकिएको उनले जानकारी दिए ।

उनले तिहार लगत्तै डुम्रेको नालापुलदेखि छिर्कनसम्मको सडक पिच गरेर आँबुखैरेनी क्षेत्रमा जाने बताए । हाल ४ मध्ये २ लेनमा पिच गर्ने काम भइरहेको छ ।

पूर्वी खण्ड ४१.४५ किलोमिटर छ । २०८१ वैशाखसम्म काम सक्नेगर ठेक्का सम्झौता भएकोमा तोकिएको म्यादभित्र काम सम्पन्न हुने सम्भावना निकै कम छ । २०७७ माघ १७ गते चाइना कम्युनिकेसन कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको हो । यसको लागत ६ अर्ब २१ करोड ३१ लाख छ ।

एसियाली विकास वैंकको २१ अर्ब ५० करोड सहुलियत ऋण सहयोगमा सडक स्तरोन्नति गर्न लागिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार