काठमाडौं । भिजिट भिसाको दुरुपयोग गरि नक्कली कागजात बनाएर रोजगारीका लागि बिदेश पठाउने अभियाेगमा गोरखाका ३ जनासहित १० जनालाई प्रहरीले पक्राउ गरी सार्वजनीक गरेकाे छ । किर्ते सर्टिफिकेट लगायत कागजात बनाउने गिरोहमा संलग्नहरुलाई पक्राउ गरि आईतबार सार्वजनीक गरेकाे हाे ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले २९६ अनुसन्धानरत नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रमस्वीकृति, प्लस टुको नक्कली सर्टिफिकेट, नक्कली नाताप्रमाणित डकुमेन्टका आधारमा अनुसन्धानबाट १० जना पक्राउ गरिएको जानकारी दिए ।
त्रिभुवन बिमानस्थल सुरक्षा कार्यालय बाट विभिन्न मितिमा १०३२ राहदानी सहितका शंकास्पद कागजाच प्राप्त भएको र सो मध्ये २९६ कागजातमा नक्कली प्लस २ को सर्टिफिकेट, नक्कली प्रहरी रिपोर्ट , नक्कली नाता प्रमाणित, नक्कली श्रम स्वीकृति र नक्कली बैन्क स्टेट मेन्ट फेला परेकोमा बिदेश जान रोकिएका युबा युवतीबाट उक्त कागजको कसलेबनाइ दिएको भनी अनुसन्धान गर्दा किर्ते गर्नेहरु फेला परेकाे उनकाे भनाई छ ।

पक्राउ पर्नेहरुमा गोरखा जिल्लाका मात्रै ३ जना छन् । जसमा सिरानचोक घर भै मजेरी ट्राभल खोली बसेका भक्त बहादुर थापा, बारपाक सुलिकाेटका बिपिन ढकाल, बारपाक सुलिकोट कै अजित फेवाली रहेकाे प्रहरीले बताएकाे छ ।
त्यस्तै पक्राउ पर्नेका नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिकाका जयराम श्रेष्ठ, उदयपुर बेलकाका आशिष श्रेष्ठ, काभ्रेका जीवनराम तामाङ, काठमाडौंका साईरस विशंखे र दीपक केसी पनि यही गिरोहमा संलग्न रहेको प्रहरीको भनाइ छ । यस्तै प्रहरीका अनुसार पक्राउ पर्नेमा सल्यानका बलबहादुर रावत पनि छन् ।
एसएसपी राठौरले अनुसन्धानका क्रममा उदयपुरका ३० वर्षीय प्रहरी आशिष श्रेष्ठलाई पनि पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको जानकारी दिए ।
प्रहरीले अनुसन्धानका क्रममा पक्राउ परेका दीपक केसीले गोरखाका भक्तबहादुर थापालाई ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिबाट संकलन गरेको राहदानीको फोटो खिची विभिन्न नक्कली कागजातहरु बनाउन अर्डर दिने र प्रतिव्यक्ति १० हजार लिने गरेको खुल्न आएको छ ।

उनिहरु बाट ठूलो मात्रामा पलस २ को सर्टिफिकेट, होलोग्राम, स्टिकर, नक्कली आधार कार्ड, नक्क्ली नाता प्रमाणित, श्रम स्वित र नक्कली प्रहरी रिपोर्ट सहित कम्पुटर, cpu बरामद गरेको छ।उक्त case को अनुसंधान DSP गोविन्द पन्थी नेतृत्वको टोलिले गरेको थियो।
यसरी गैर कानुनी तरिकाले नक्कली कागजातको आधारमा भिजिट भिसाको नाममा बैदेशिक रोजगारिमा पठाउन बिमानस्थ अध्यागमनका कर्मचारी, एयर लाइन्स, बैदेशिक रोजगारको डेस्क र केहि प्रहरीको समेत मिलोमतो भएको रहेकाे श्राेतकाे दाबी छ । साेही आशंकामा उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान लाई तिब्रता दिएको प्रहरी श्राेतकाे भनाई छ ।
