• शनिबार, साउन ९ २०८३

सांसदको १५ दिनको पारिश्रमिक भूकम्प पीडितलाई दिने कांग्रेसको निर्णय


आइतबार, कार्तिक १९ २०८०
1.7K
Shares

काठमाडौँ । नेपाली कांग्रेसका सांसदहरुले १५ दिनको पारिश्रमिक भूकम्प पीडितलाई दिने भएका छन् ।

आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले भूकम्प पीडितहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि संघीय संसद प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदहरुले सो बराबरको रकम दिने निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

साथै भूकम्पबाट भएको जनधनको क्षतिप्रति कांग्रेसले दुख व्यक्त गरेको लेखकले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार