• शनिबार, साउन ९ २०८३

टिचिङसहित यी ५ अस्पतालमा भइरहेको छ भूकम्पमा परि घाइते भएकाकाे उपचार


आइतबार, कार्तिक १९ २०८०
1.8K
Shares

काठमाडाैं । जाजरकोट भूकम्पमा परी घाइते भएकाहरू राजधानी काठमाडौँलगायत विभिन्न स्थानका अस्पतालमा उपचाररत छन्।

सशस्त्र प्रहरीले आइतबार बिहान उपलब्ध गराएको विवरणअनुसार काठमाडौँको महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा रुकुम पश्चिमका ८ घाइतेको उपचार भइरहेको छ।

यस्तै नेपालगन्जस्थित भेरी अस्पतालमा ३८ जना घाइते उपचाररत छन्। जसमा  जाजरकोटका २६, रुकुम पश्चिमका घाइते ११ र सल्यानको घाइते १ घाइते छन्।

यसैगरी सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा भूकम्पमा परी घाइते भएका २७ जनाको उपचार भइरहेको छ। जसमा जाजरकोटका १६ र रुकुम पश्चिमका ११ जना घाइते रहेको सशस्त्र प्रहरीले जनाएको छ।

यस्तै जिल्ला अस्पताल जाजरकोटमा जम्मा १९ जना घाइते उपचाररत छन्। जसमा जाजरकोटका घाइते ६ र रुकुम पश्चिमका घाइते १३ जना छन्।

जिल्ला अस्पताल रुकुममा भूकम्पका १३ जना घाइतेको उपचार जारी छ। जसमा सबै जना रुकुम पश्चिमकै छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार