• शनिबार, साउन ९ २०८३

एक हप्तापछि आयो गोरखाका प्रहरीको कोरोना रिपोर्ट, २५ जनाको नेगेटिभ


शनिबार, जेष्ठ ३१ २०७७
685
Shares

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरी र कर्मचारीको कोरोना रिपोर्ट एक हप्तापछि प्राप्त भएको छ ।

२८ जनाको स्वाव संकलन भएकोमा शनिबार दिउँसो २५ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ३ जनाको बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओम प्रसाद अधिकारीले सिभिलखबरलाई बताए ।

जसमा १५ जना प्रहरी र १० जना कर्मचारी सहित अन्य रहेको बताइएको छ ।

गत जेठ २५ गते प्रहरी हिरासतमा रहेका पालुङटारका १७ बर्षिय युवकलाई कोरोना संक्रमण देखिएपछि त्यसको भोलीपल्ट २६ गते १७ जना प्रहरी र सरकारी वकिलको कार्यालय, जिल्ला अदालतका कर्मचारी, हिरासतमा रहेका अन्य ब्यक्ति ११ जना समेतको गरी २८ जनाको कोरोना परिक्षणका लागि स्वाव संकलन गरी पोखरा पठाइएको थियो ।

स्वाव संकलन गरिएका प्रहरी र कर्मचारीलाई हालसम्म क्वारेन्टिनमा राखिएको छ । रिपोर्ट आउन बाँकी रहेका मध्ये २ प्रहरी रहेका छन् भने अर्का एक कर्मचारी रहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार