• शनिबार, साउन ९ २०८३

भूकम्पमा घाइते हुने हरुको उपचार निःशुल्क गर्ने सरकारको निर्णय


आइतबार, कार्तिक १९ २०८०
1.3K
Shares

काठमाडौँ । सरकारले भूकम्पमा घाइते हुने हरुको उपचार निःशुल्क गर्ने भएको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले भूकम्पबाट घाइते भएकाको निशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री मोहन बस्नेतले जानकारी दिए ।

उपचारका लागि लागि देशभरका अस्पतालहरु वीर, ट्रमा सेन्टर लगायतका अस्पताल तयारी अवस्थामा रहेको मन्त्री बस्नेतले बताए ।

घाइतेहरुको उद्दार लगभग सकिएको र सरकार पीडितहरुको व्यवस्थापनमा सरकारले ध्यान दिने उनको भनाइ छ ।

भूकम्प पीडितहरुलाई आर्थिक सहायताका बारेमा छलफल भए पनि निर्णय नभएको र भूकम्प पीडितलाई तत्काल आवश्यक टेन्ट लगायतका सामग्री अभाव हुन नदिने पनि बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार