• शनिबार, साउन ९ २०८३

जिप दुर्घटना हुँदा डोटीमा ४ जनाको मृत्यु


आइतबार, कार्तिक १९ २०८०
1.3K
Shares

डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका-६ को अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग२च २७७६ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

मृत्यु हुनेमा बाजुराको  हिमाली गाउँपालिका-५ बस्ने २२ वर्षीया  राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकि ८ महिना की छोरी प्रार्थना रहेका छन् ।

साथै साेही दुर्घटनामा परि पाँच जना घाइते भएको छन् । घाइतेहरूको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार