काठमाडौँ । शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मृत्यु हुनेको सङ्ख्या १५७ पुगेको छ ।
१५७ मध्ये जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९९ जना महिला र ५८ जना पुरुष रहेका छन् ।
यसै गरी १६१ जना घाइतेहरुको विभिन्न स्वास्थ्य संस्थामा उपचार भैरहेको छ ।