• शनिबार, साउन ९ २०८३

कोशी प्रदेशमा संकटको घण्टी, मुख्यमन्त्री बनाएकाे एमालेले सरकार छाेड्याे


शनिबार, कार्तिक १८ २०८०
1.2K
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गठबन्धन दल भित्रैबाट मन्त्रीपरिषद् बिस्तार गरेपछि एमालेले कोशी सरकार छाडेको छ ।

एमालेबाट विना विभागीय मन्त्री बनेका रामबहादुर राना मगरले शनिबार मुख्यमन्त्री कार्कीलाइ राजीनामा बुझाएका छन्। मुख्यमन्त्रीले सहमति तोडेको भन्दै सरकार छाडेको मन्त्री रानाले बताएका छन् ।

मुख्यमन्त्री कार्कीले शुक्रबार एमालेको सहमति बेगर माओवादी केन्द्र र एकीकृत समाजवादीबाट एक एक जना मन्त्रीलाई सपथ गराए पछि एमाले क्रुद्ध बनेको थियो ।

काङ्ग्रेस भित्रैबाट विद्रोह गरेर एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए । त्यो समर्थन २० दिनभन्दा लम्बिन सकेन अन्ततः एमालेले कार्कीको साथ छोडेको छ । यद्दपि उपले समर्थन फिर्ता लिएको छैन । यदि एमालेले समर्थन फिर्ता लिएको अवस्थामा संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको सरकारलाई पुनः विश्वासको मत लिन पर्ने वा नपर्ने फेरी अदालतकै भर पर्नुपर्ने हुन सक्छ । यसरी हेर्दा कोशी प्रदेश सरकारको भविष्य भने अनिश्चित बनेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार