• शनिबार, साउन ९ २०८३

भूकम्प पीडितका लागि लुम्बिनी सरकारको डेढ करोड सहयोग


शनिबार, कार्तिक १८ २०८०
1.5K
Shares

काठमाण्डौ । लुम्बिनी प्रदेश सरकारले गएराती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका प्रभावितहरूलाई एक करोड पचास लाख रुपैया सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावितहरूको राहतका लागि प्रदेश विपद् कोषबाट डेढ करोड रूपैयाँ दिने निर्णय गरेको प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकारले उद्धारका लागि गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा उद्धारकर्ताको एक टोली पठाउने निणर्य समेत गरेको छ । शनिबार बिहान राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीको नेतृत्वमा २० जना स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री लुम्बिनी प्रदेश सरकारले पठाइसकेको छ । प्रादेशिक अस्पतालबाट ५ जना चिकित्सकको टोली पनि पठाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार