काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मृत्यु हुनेको सङ्ख्या १३८ पुगेको छ ।
२ बजेसम्मको विवरण अनुसार जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै घाइतेको संख्या जाजरकोटमा ८१ र रुकुमपश्चिममा ८५ गरी १६६ छ ।