काठमाडौं । सरकारले जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावितको खोज, उद्धार तथा उपचारका लागि तत्काल ५/५ करोड रूपैयाँ पठाउने भएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले दुबै जिल्लाको जिल्ला विपद् व्यवस्थापन कोषमा ५/५ करोड रूपैयाँ पठाउने निर्णय गरेको हो ।
बैठकले घाइतेको तत्काल उपचारको लागि आवश्यक पर्ने औषधि तथा विशेषज्ञ चिकित्सक सहितको जनशक्ति, छिटो साधनमार्फ तत्काल परिचालन गर्ने निर्णय पनि गरेको छ ।
प्राथमिक राहत लागि खाद्यान्न र अस्थायी आवासका लागि टेन्ट, त्रिपाल, कम्बल, म्याट्रेस, स्लिपिङ ब्याग आदि सुर्खेत, नेपालगञ्ज र काठमाडौंमामा रहेका भण्डारणबाट आवश्यकताका आधारमा तत्काल पठाउने निर्णय समेत भएको छ ।