काठमाण्डौ । कोशी प्रदेश सरकारले जाजरकोट केन्द्र गरी गएराती गएको भुकम्प प्रभावितहरुका लागि एक करोड रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले भुकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत र पुनर्स्थापनाका लागि एक करोड रूपैयाँ पठाउने निर्णय गरेको हो ।
साथै प्रदेश सरकारले एक ट्रक तत्काल आवश्यक राहत सामग्री पनि पठाउने निर्णय गरेको मन्त्री गणेश उप्रेतीले जानकारी दिए ।