काठमाडौँ । जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावितहरुको अवस्था बुझ्न गएका प्रधानमन्त्री प्रचण्ड नियमित उडानबाट काठमाण्डौं फर्किने भएका छन् ।
प्रधानमन्त्री प्रचण्ड नेपालगञ्जबाट नियमिति हवाईजहाज मार्फत काठमाडौँ फर्कन लागेका हुन् ।
नेपाली सेनाको हेलिकोप्टरमा जाजरकोट पुगेका प्रचण्ड सोहि हेलिकोप्टर प्रयोग गरी घाइतेलाई अस्पताल पुर्याउन आफै खटिएका थिए ।