काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले गएराती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई एक करोड रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए ।
यस्तै बैठकले प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय पनि गरेको छ ।