• शनिबार, साउन ९ २०८३

सरकारले गर्यो कोरोनाको हिसाब सार्बजनिक : ८ अर्ब ३९ करोड खर्च


शनिबार, जेष्ठ ३१ २०७७
815
Shares

काठमाडौं । सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा हालसम्म ८ अर्ब ३९ करोड ११ लाख, ९९ हजार खर्च भएको हिसाव सार्वजनिक गरेको छ ।

यस अघि खर्च भएको भनिएको १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गर्न देश भर प्रदर्शन भएपछि सीसीएमसी निर्देशन समितिको निर्णयअनुसार खर्च विवरण सार्वजनिक गरिएको हो ।

खर्च भएको रकममध्ये सबैभन्दा धेरै रक्षा मन्त्रालयले २ अर्ब ४० करोड २४ लाख ५७ हजार रुपैयाँ खर्च गरेको छ भने दोश्रोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख छ ।

त्यस्तै सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ करोड २० लाख, शिक्षा मन्त्रालयले २ करोड ६९ लाख ७८ हजार र गृहमन्त्रालयले २ करोड ४५ लाख ८८ हजार रुपैयाँ खर्च गरका छन् ।

औषधि स्वास्थ्य सामग्री खरीदमा ३ अर्ब ९० करोड ८८ लाख रुपैयाँ, स्वास्थ्य पूर्वाधारमा १ अर्ब १२ करोड ५० लाख रुपैयाँ, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार रुपैयाँ र क्वारेन्टिनमा १३ करोड ५५ लाख ९८ हजार रुपैयाँ खर्च भएको सरकारले जनाएको छ । विवरण नखुलाइएको अन्य शीर्षकमा ४० करोड १५ लाख ९ हजार रुपैयाँ खर्च भएको विवरण छ ।

प्रदेशले गरेको खर्च विवरण

प्रदेश १ ले १९ करोड ३५ लाख ६० हजार रुपैयाँ
प्रदेश २ ले १३ करोड ३९ लाख ४६ हजार रुपैयाँ
बागमती प्रदेशले १३ करोड ६७ लाख रुपैयाँ
गण्डकी प्रदेशले १५ करोड ४२ लाख १० हजार रुपैयाँ
प्रदेश ५ ले ७ करोड ७९ लाख ३० हजार रुपैयाँ
कर्णाली प्रदेशले २३ करोड ९२ लाख ९३ हजार रुपैयाँ
सुदूरपश्चिम प्रदेशले ३६ करोड ४८ लाख ७० हजार रुपैयाँ

विवरणअनुसार सबैभन्दा धेरै खर्च सुदूरपश्चिम प्रदेशमा र सबैभन्दा कम खर्च प्रदेश ५ मा भएको देखिन्छ ।

स्थानीय तहबाट २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

हेर्नुहोस् खर्च विवरण

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार