• आइतबार, साउन १० २०८३

जाजरकोट भूकम्पमा परी मृत्यु हुने सङ्ख्या १२८ पुग्यो

जाजरकोटमा ९२ रुकुम पश्चिममा ३६


शनिबार, कार्तिक १८ २०८०
1.1K
Shares

काठमाडौं । कात्तिक १८ गते । शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म र्मत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ ।

जाजरकोटमा मात्रै ९२ जनाको निधन भएको छ भने रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै घाइते हुने हरुको संख्या डेढ सय पुगेको छ ।

मध्यराती भुकम्प गएको कारण क्षतिको जानकारी अझै आउनेक्रम जारी रहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार