काठमाडौं । प्रधानमन्त्री सहितको टोली जाजरकोटमा गएराती गएको भूकम्प प्रभावित क्षेत्रमा जाने भएको छ ।
भुकम्पका कारण भएका घाइतेको उद्धार तथा उपचारका लागि स्वास्थ्य टोली सहित प्रधानमन्त्री त्यस क्षेत्रमा जान लागेका हुन् ।
त्यसका लागि हेलिकोप्टर र आवश्यक औषधि तयारी अवस्थामा रहेको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् ।
प्रधानमन्त्री दाहाल ले भूकम्पमा परी घाइतेहरूको उद्धार एवं राहतमा जुट्न सबैमा अपील गरेका छन् ।