काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पमा परी घाइतेहरूको उद्धार एवं राहतमा जुट्न अपील गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले ‘‘जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित भएको छु। घाइतेहरुको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन् । उद्धार एवं राहतमा जुट्न सबैमा अपील गर्दछु।’’ भनेका छन् ।
भूकम्पमा परी जाजरकोट र रुकुममा हालसम्म ३६ जनाको मृत्यु भइसकेको छ ।