• शनिबार, साउन ९ २०८३

जाजरकोट भूकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु, ४६ घाइते


शनिबार, कार्तिक १८ २०८०
2.4K
Shares

काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा कम्तीमा ३६ को मृत्यु भएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएअनुसार हालसम्म ३६ जनाको मृत्यु छ भने ४६ जना भन्दा बढी घाइते भएका छन् ।

प्रहरीका अनुसार भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पुर्‍याइएको छ ।

भूकम्पपछि सुख्खा पहिरोले बाटो अवरूद्ध हुँदा उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

भूकम्प पश्चात उद्धारका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको थियो ।

भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठुलो मानवीय क्षती भएको छ । रातिको समयमा भुकम्प गएकोले घर भत्किएर ठुलो संख्यामा मानवीय क्षति भएको प्रहरीले जनाएको छ ।

रुकुम जिल्लाको पश्चिम क्षेत्रमा बढी क्षति भएको खबरहरू आइरहेको प्रहरीले जनाएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोट केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

तस्बीर: सामाजिक सञ्जाल

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार