काठमाण्डौं । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ ।
सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किएर उनको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए ।
उपप्रमुख सिंहलाई उद्धार गरेर अस्पताल लैजादै गर्दा बाटोमा नै उहाँको मृत्यु भएको हो ।
उनि स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उमेदवारी दिएर उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।