• मंगलबार, असोज १३ २०८३

एकै दिन थपिए १ लाख ३९ हजार जना कोरोना संक्रमित, मृतक ४ लाख २८ हजार पुगे


शनिबार, जेष्ठ ३१ २०७७
935
Shares

गएको २४ घण्टामा विश्वभर एक लाख ३९ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यस बीचमा संक्रमणबाट चार हजार पाँच सय ८९ जनाले ज्यान गुमाएका छन्।

विश्वभर संक्रमितको संख्या ७७ लाख २४ हजार ६ सय १५ पुगेको छ। संक्रमणको कारण अहिलेसम्म विश्वभर चार लाख २७ हजार ६ सय ७५ जनाले ज्यान गुमाइसकेका छन्। यो शनिबार बिहान पौने ६ बजेसम्मको तथ्यांक हो।

अहिलेसम्म विश्वभर ३९ लाख १६ हजार भन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन्। संक्रमितमध्ये ५३ हजार आठ सय ३० जनाको अवस्था मात्रै गम्भीर छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार