• शुक्रबार, साउन ८ २०८३

सबै विद्यालयका ‘हेडमास्टर’ परिवर्तन गर्ने तयारीमा काठमाडौँ महानगर


शुक्रबार, कार्तिक १७ २०८०
1.7K
Shares

काठमाडौँ । सबै विद्यालयका ‘हेडमास्टर’ परिवर्तन गर्ने तयारीमा काठमाडौँ महानगरपालिका लागेकाे छ। महानगरभित्र ७१ वटा सामुदायिक विद्यालय छन् ।

पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्नुपर्ने भएकाले दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुक्तिसम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आह्वान गरिएको महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले बताए ।

महानगरले आधारभूत तह (१–५) का लागि ६ जना, आधारभूत तह (१–८) का लागि २१ जना र माध्यमिक तहका लागि ४४ जना प्रधानाध्यापकका लागि दरखास्त आह्वान गरेको हो । आवेदकहरूमध्ये विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुतीकरणमार्फत छनोट गरिने महानगरले जनाएको छ ।

महानगरले मंसिर १ गतेसम्म इच्छुक उम्मेदवारलाई दरखास्त दिन आह्वान गरेको छ । प्रधानाध्यापकका लागि सम्बन्धित तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा अवधि पुरा गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार