• शनिबार, साउन ९ २०८३

रिगलको कैद मिनाहा गर्ने निर्णय सर्वोच्चबाट बदर, तत्काल पक्राउ गर्न परमादेश


बिहिबार, कार्तिक १६ २०८०
1.5K
Shares

रिगल भनिने योगराज ढकालले राष्ट्रपतिबाट पाएको कैद मिनाहा सर्वोच्च अदालतले बदर गरिदिएको छ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो ।

सर्वोच्चले उनलाई तत्काल पक्राउ गरी थुनामा राख्न परमादेशसमेत जारी गरेको छ ।

संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालगञ्जका चेतन मानन्धरको हत्यामा संलग्न रिगलको कैद सजाय मिनाहा गर्ने निर्णय गरेका थिए ।

रिगलको बाँकी कैद सजाय माफी दिने निर्णय पीडितको हक प्रतिकूल देखिएको सर्वोच्चको ठहर छ ।

आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार