• शनिबार, साउन ९ २०८३

ओमानसँग नेपाल पराजित, समुह उपविजेता हुदै सेमिफाइनलमा


बिहिबार, कार्तिक १६ २०८०
1.5K
Shares

काठमाण्डाै ।  आइसिसी टी–२० विश्वकप एसिया छनोटमा नेपाल समूह ए को उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ ।

सुरुका दुई खेल जितेर सेमिफाइनलमा स्थान बनाइसकेको नेपालले बिहीबार ओमान संग ५ रनले पराजित भयो ।

बिहीबार कीर्तिपुरमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १४० रनमा सिमित बन्याे ।

अत्यन्तै रोमाञ्चक खेलकाे अन्तिम ओभरमा नेपाललाई जितका लागि २६ रन आवश्यक थियो । सुरुवाती तीन बलमा विवेक यादवले लगातार छक्का प्राहार गरेर नेपालकाे आशा कायम राखेका थिए । तर अन्तिम ओभर चौथो बलमा विवेक आउट भए । नेपाललाइ अन्तिम दुइ बलमा ७ रनकाे आवश्यक थियाे पाचाै बलमा अविनाश बाेहाेराले एक रन लिए भने ६ रन आवश्यक रहेकाे अन्तिम बलमा करण केसी आउट भए ।

मध्यक्रमको ब्याटिङमा नेपाल कमजाेर रह्याे । नेपालका लागि बिबेक यादवले ५ छक्काकाे मद्दतमा सर्बाधिक ३९ रन बनाए । कुशल भुर्तेलले एक चाैका र तीन छक्काकाे मद्दतमा २६ रन बनाए भने करन केसीले एक चाैका र एक छक्काकाे मद्दतमा १५ रन बनाए ।

त्यस्तै सोमपाल कामी, रोहित पौडेल र सन्दीप जोराले समान १२–१२ रन बनाए । कुशल मल्लले १० रन बनाए भने अरुले दोहोरो रन बनाउन सकेनन् ।

ओमानका लागि विलाल खानले तीन विकेट लिए । सकिल अहमद, मेहरान खान र अबिक इल्यासले समान २/२ विकेट हात पारे । जिसन मकसाेद ले एक वीकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो । ओमानका कप्तान जिसन मक्सदले ३२, नसिम खुसीले २५, प्रतीक अथावालेले २४ रन र सकिल अहमेदले २२ रन बनाए । अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

नेपालका करण केसीले ३ विकेट लिएका थिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिए । गुल्शन झा र अविनाश बोहोराले एक/एक विकेट लिए ।

नेपाललाई पराजित गरेको ओमान भने समूह विजेता बनेर सेमिफाइनलमा स्थान बनायो ।

सेमिफाइनलमा नेपालले समूह बी को विजेता र ओमानले समूह बी को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

जारी प्रतियोगिको फाइनलमा स्थान पक्का गर्ने दुई टिमले आगामी वर्ष अमेरिका र युएईमा हुने आइसिसी टी–२० विश्वकप खेल्नेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार