• शुक्रबार, साउन ८ २०८३

नक्कली श्रम स्वीकृती बनाएकाे आराेपमा गोरखाका दुई युवा पक्राउ


बिहिबार, कार्तिक १६ २०८०
3.3K
Shares

काठमाडाैँ । नक्कली श्रम स्वीकृती लगायतका कागजातहरु बनाएकाे आरोपमा गोरखाका दुई युवा पक्राउ परेका छन् । उनिहरुलाई काठमाडाैं स्थित वैदेशिक राेजगार विभाग नजिकैबाट पक्राउ गरिएकाे हाे ।

पक्राउ पर्नेमा गोरखाकाे बारपाक सुलिकोट गाउँपालिका वडा नं. ४ घर भई हाल जिल्ला काठमाण्डौ बनस्थली बस्ने वर्ष २३ का अजित फेवाली र बर्ष २१ का विपिन ढकाल रहेका छन् ।

उनिहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयकाे विशेष टाेलीले पक्राउ गरेकाे बताइएकाे छ । हाल उनिहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाइएकाे प्रहरीले जनाएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार