• शनिबार, साउन ९ २०८३

नेपाल ब्याडमिण्टन संघकाे अध्यक्षमा रामजी


बुधबार, कार्तिक १५ २०८०
2.6K
Shares

काठमाडाैं । नेपाल ब्याडमिण्टन संघको छैटौं चुनाबी साधारण सभा सम्पन्न भएको छ । आज सम्पन्न सभाबाट रामजी बहादुर श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएकाे छ ।

जसमा उपाध्यक्षहरू चन्द्रशेखर लामा, उदय कुमार श्रेष्ठ, नारायण बहादुर क्षेत्री, ध्रुव मर्हजन, अनोज बस्नेत, लव भक्त श्रेष्ठ, मान बहादुर मल्ल, नारायण दास श्रेष्ठ, डिल्ली राम डाँगी, गिता कुमारी शाही रहेकाछन ।

महासचिब बिरेन्द्र श्रेष्ठ र उपमहासचिब नविन विक्रम शाह, सचिबमा समिर बहादुर सिंह, दिपक थापा, जगत बहादुर खडका, राजु थापा र बेनुप राज दाहाल खत्री रहेका छन।

यसैगरी संघको कोषाध्यक्षमा तिलक पाण्डे र सह-कोषाध्यक्षमा प्रकाश ढकाल निर्वाचित भएका छन्।

सदस्यहरूमा भिमशेन लामा, मिन कुमार दाहाल, राज कुमार गुरुङ्ग, कमलेस निरौला, कुशल कुमार केसी, नारायण प्रशाद शर्मा, महेशमान श्रेष्ठ, डम्बर थापा, महेश केशर खनाल, राम चन्द्र गिरी, पुष्पधन शाक्य, नरेश कायस्थ, नारायण श्रेष्ठ, पुर्ण भक्त चित्रकार, भरत मल्ल, सत्य नारायण मानन्धर, केशब कार्की, भुवन श्रेष्ठ र ईश्वर चिपालु रहेकाछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार