• शुक्रबार, साउन ८ २०८३

राष्ट्रियसभामा रिक्त हुने १९ पदको लागि माघ १० गते निर्वाचन गर्न आयोगको प्रस्ताव


बुधबार, कार्तिक १५ २०८०
1.1K
Shares

काठमाडौँ  । निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने १९ पदको निर्वाचनका लागि माघ १० गतेको मिति प्रस्ताव गरेको छ ।

प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस्तो प्रस्ताव गरेका हुन् ।

थपलियाले आगमी माघ १०, ११ वा १२ गतेसम्म चुनाव गर्न सरकारले निर्णय गर्नुपर्ने बताए ।

आगमी फागुन २० गते राष्ट्रिय सभाका १९ सदस्यको पद रिक्त हुने भएकोले राष्ट्रिय सभाको पदावधी समाप्त हुनु भन्दा एक महिना अघिनै निर्वाचन गर्नुपर्ने प्रवधान छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार