• सोमबार, साउन ११ २०८३

प्रस्तावित मर्यादाक्रम राष्ट्रियसभाबाट पारित


बुधबार, कार्तिक १५ २०८०
2.7K
Shares

काठमाडौँ । राष्ट्रियसभामा दर्ता भएको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ सर्वसम्मतले पारित भएको छ ।

मंगलबार बसेको बैठकमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थले सभामा प्रस्तुत गरेको विधेयक राष्ट्रिय सभाका सदस्यहरूले २०७९ चैत ५ गते दर्ता गराएका थिए ।

राष्ट्रियसभाबाट पारित भएको यो विधेयक अब प्रतिनिधि सभाले पारित गरेमा मात्र त्यसले कानुनी मान्यता पाउनेछ ।

पारित मर्यादाक्रममा शिक्षकलाई पहिलोपटक मर्यादाक्रममा समेटेको छ । गाउँपालिका अध्यक्ष, नगरपालिका उपप्रमुख र माध्यमिक तहका प्रथम श्रेणीका शिक्षकलाई एकै मर्यादाक्रममा राखिएको छ ।

मर्यादाक्रमको पहिलो नम्बरमा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रधानन्यायाधीश, पाँचौँमा प्रतिनिधि सभाको सभामुख, राष्ट्रियसभा अध्यक्षलाई राखिएको छ ।

नेपाली सेनाको प्रधानसेनापतिलाई १३ औँ स्थानमा राखिएको छ । यो स्थानमा मुख्य सचिव, संसद्को महासचिव, सर्वोच्चको मुख्य रजिष्टारलाई पनि समेटिएको छ ।

१२ औँ स्थानमा प्रदेश सरकारको मन्त्री, प्रदेशको उपसभामुख, नेपाल सरकारको पूर्व राज्यमन्त्री, पूर्व सहायक मन्त्री, प्रदेश सभाको पूर्व सभामुख, संविधान सभाको सदस्य र पूर्व सांसदलाई राखिएको छ ।

यस्तै सबै महानगरपालिकाको प्रमुखको मर्यादाक्रम १७ औँ स्थानमा राखिएको छ यस अघी काठमाण्डौ‌ महानगरका प्रमुखलाइ अन्य महानगरभन्दा अघाडी राखिएको थियो । त्यस्तै प्रहरी निरीक्षक, वडाध्यक्ष, माध्यमिक तहको तृतीय श्रेणीको शिक्षकलाई २१ औँ स्थानमा राखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार