काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रले सडक संघर्षगर्ने भएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र प्रतिगमनको विरोधका लागि सडक संघर्ष गर्न लागेको हो ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकको निर्णय अनसार मंगलबार बिहान सर्कुलर जारी गदैं काठमाडौंमा जनप्रर्दशन गर्ने भएको हो ।
सरकारको नेतृत्व गरेको दलले सडक संघर्ष गर्ने निर्णय गरेसंगै राजनैतिक माहोल तातेको छ । सरकारमा बसेर राज्य संचालन तथा राज्यका नीतिहरु कार्यान्वयन गर्नुपर्नेमा माओवादी केन्द्रले प्रतिपक्षी दलले समेत अहिले खासै नरुचाएको सडक संघर्षमा जानुलाई अर्थपुर्णरुपमा हेरिएको छ ।
माओवादी केन्द्रले मातहत कमिटी र भ्रातृसंगठनहरुलाई मंसिर २२ मा काठमाण्डौंमा सडक संघर्षका लागि तयारी रहन निर्देशन दिएको छ ।
माओवादी केन्द्रले अहिले पहिलो चरणमा काठमाडौंमा संघर्षको कार्यक्रम घोषणा गरिएको र पछि प्रदेश र स्थानिय तहसम्म पुग्ने उनले जनाएको छ ।