काठमाडौं । अब ट्राफिक चेकजाँचमा नागरिक एपबाटै सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) देखाउदा हुने भएको छ ।
मन्त्रिपरिषदको निर्णयअनुसार नागरिक एप मार्फत चालकले सवारी चालक अनुमति पत्र देखाउदा चेकजाँचका क्रममा मान्यता दिन लागिएको हो ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार यसका लागि प्रहरी प्रधान कार्यलयले मातहतका ट्राफिक कार्यालयहरुलाई परिपत्र गरिसकेको छ ।
‘ट्राफिकले जाँचका क्रममा कारवाही गर्नुपर्दा नागरिक एपमा देखाइएको लाइसेन्सले काम गर्दैन,’ एक अधिकारीले भने,‘तर, सक्कल लाइसेन्स नबोकेको अवस्थामा देखाउनका लागि मात्रै हो भने नागरिक एपमा आफ्नो लाइसेन्स देखाउँदा पनि हुन्छ ।’