काठमाण्डाै । आइसिसी टी २० विश्वकप २०२४ का लागि एसिया छनोट खेल आजदेखि काठमाडौंमा सुरू भएको छ ।
८ देश सहभागी खेलमा दुई समूहमा विभाजन गरिएको छ । नेपाल, सिंगापुर, ओमान र मलेसिया समूह ‘ए’ मा छन् भने युएई, बहराइन, हङकङ र कुवेत समूह ‘बी’मा छन्।
समूह ‘ए’ का सबै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेलाइने छ भने समूह ‘बी’का सबै खेल मुलपानी क्रिकेट मैदानमा खेलाइने छ ।
आज समूह ‘ए’ र ‘बी’ का एक एक खेल हुँदैछन् ।
समूह ‘ए’बाट नेपाल र सिंगापुरले पहिलो खेल हुँदैछ भने समूह ‘बी’ बाट युएई र बहराइन बिच खेल हुदैछ ।
एसिया कप, एसियाली खेलकुद र भर्खरै त्रिदेशीय टी २० सिरिजमा गरेको प्रदर्शनबाट नेपाल यसपालि विश्वकपमा छनोट हुने सम्भावना बलियो छ।