• शनिबार, साउन ९ २०८३

डब्लुएचओ दक्षिणपूर्वी एसिया क्षेत्रको नेतृत्वमा नेपाल र बंगलादेशको दाबी


सोमबार, कार्तिक १३ २०८०
1.1K
Shares

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकका लागि नेपाल र बंगलादेशको उमेदवारी परेको छ ।

नेपालका डा. शम्भुप्रसाद आचार्य र बङ्गलादेशकी डा. साइमा बाजेदको उमेद्वारी परेको हो ।

कार्तिक १४ गते सोमबार देखि भारतमा सुरु हुने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) दक्षिणपूर्वी एसिया क्षेत्रको बैठकले आचार्य र बाजेद मध्ये एक जनालाई २०२४ फेब्रुअरी १ तारिखदेखि पाँच वर्षका लागि नेतृत्व चयन गर्ने छ । बैठक चार दिनसम्म चल्ने छ ।

बैठकमा सहभागी हुन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत आइतबार भारत प्रस्थान गरेका छन् ।

बैठकमा मुटुरोगको रोकथाम र नियन्त्रण, उपेक्षा गरिएका किटजन्य रोगको अन्त्य तथा क्षेत्रीय स्वास्थ्य सुरक्षाका विषयमा छलफल हुने छ ।

विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्वी राष्ट्रमा नेपाल, भारत, भुटान, बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्स, उत्तरकोरिया, इन्डोनेसिया, श्रीलङ्का, थाइल्यान्ड र म्यानमार गरी ११ सदस्य राष्ट्र छन् । म्यानमारलाई मतदान गर्ने अधिकार छैन । १० देशले मात्र मतदान गर्ने छन् ।

नेपालले यसअघि भारतलाई समर्थन गरेकोले भारतले यस पटक नेपाललाई समर्थन गर्ने सम्भावना छ । यस कारण क्षेत्रीय निर्देशक नेपालबाट हुने सम्भावना बलियो छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार