अमेरिकाको लिविस्टन शहरमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १६ जनाको मृत्यु भएको छ। गोली चलाउने व्यक्ति फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले ४० वर्षका रोर्बट कार्ड नाम गरेका व्यक्तिले गोली चलाएको र उनी फरार रहेकाले लिविस्टनसँगे लिस्वन शहरका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
‘शहरमा एकजना एक्टिभ सुटर रहेका छन्। हामी मानिसहरुलाई घरभित्रै बस्न आग्रह गर्छौं। आफ्नो घरको ढोका लगाउनु होला,’ प्रहरीले जारी गरेको सूचनामा भनिएको छ।
यो घटनाका बारेमा अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई सूचित गरिसकेको अधिकारीहरुले बताएका छन्। अमेरिका गोलीकाण्ड भइरहने देशमा पर्छ।
गोलीकाण्डमा परेर करिब ५० जना घाइते भएको प्रारम्भिक अनुमान गरिएको छ। यसको पुष्टि भने हुन सकेको छैन।